• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ‍प्रजातन्त्र दिवसका अवसरमा ३ सय ९५ जनाको सजाय माफी

    569
    SHARES


    काठमाण्डाै। प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ९५ जनाले सजाय माफी पाएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३ सय ९५ जनाको सजाय माफी गरिदिएकी हुन् ।

    मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा भोलिदेखि लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३ सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यस्तै प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले पुष्कर गौतमसहित अरु १४ जनालाई पनि सजाय माफी गरिदिएकी हुन् । बिहीवार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा १४ जनाको सजाय माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    गौतम ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भइ गएको माघमा सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएका व्यक्ति हुन् ।

    संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुतलबी, परिवर्तन वा कम गर्न सक्ने प्रावधान रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ