• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मलेसिया बसेर महिलाको चरित्र हत्या गर्ने हरिहर पक्राउ

    0.9K
    SHARES



    काठमाडौं  ।  विदेश बसेर महिलाको चरित्र हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रौतहट देवाही गोनही नगरपालिका-५ टिकुलिया घर भएका २२ वर्षीय हरिहर प्रसाद यादव रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    यादवले पीडित महिलाको बहिनीसमेत भएको तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखेर पोस्ट गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

    साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेको उजुरीका आधारमा रोजगारीको सिलसिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

    उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ