• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश

    विवाह गर्न वडाको सिफारिस अनिवार्य

    1.8K
    SHARES



    सल्यान। सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । दिन प्रतिदिन बढिरहेको बालविवाह न्यूनीकरणका लागि पालिकाले वडाको सिफारिस अनिवार्य गरेको हो ।

    जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । बालविवाह न्यूनीकरणका लागि अन्य पालिकाले प्रहरीसँग साझेदारी गरी सचेतनामुलक विभिन्न कार्यक्रम गरे पनि वडाको सिफारिस अनिवार्य गर्ने कपुरकोट गाउँपालिका पहिलो हो ।

    बालविवाह न्यूनीकरणकै लागि पालिकाले ६ वडा कार्यालयबाट सबै व्यवस्थासमेत गरिसकेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।

    पटक-पटक विभिन्न अभियान सञ्चालन गरेर प्रयास गर्दै आए पनि बालविवाह न्यूनीकरण नभएपछि विवाह गर्नुपूर्व सिफारिस अनिवार्य गरेको उनले जानकारी दिए । उनका अनुसार सिफारिसका लागि पालिकाद्वारा सञ्चालित ११ औं गाउँसभाबाट पारित भएको हो । ु

    विवाहका लागि जन्मदर्ता पेस गरेपछि मात्र वडाले सिफारिस दिने र सामान्य दस्तुर लिने उनले जानकारी बताए । ‘हामीले बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक धेरै कार्यक्रम गर्यौं तर रोक्न सकेनौं ।

    १५/१६ वर्षकै उमेरमा विवाह गर्ने झन् बढे । पालिकाका विभिन्न स्वास्थ्यसंस्थामा पहिलो गर्भ परीक्षण गराउन आएका १ सय २० गर्भवती महिलामा २० वर्षमुनिका ३५ जना पाइयो,’ उनले भने, ‘अब विवाह गर्दा २० वर्षभन्दा माथिले सिफारिस पाउँछन् भने त्योभन्दा मुनिकाले पाउँदैनन् ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया