• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापार डरलाग्दो : सुशीला कार्की

    314
    SHARES


    काठमाडौं । शिक्षा र स्वास्थ्य क्षेत्र सेवा नभई व्यापार बन्दै जानु चिन्ताको विषय भएको सामाजिक अगुवाहरूले आरोप लगाएका छन् ।

    उनीहरूले सरकारले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउनु पर्नेमा सरकार आफै व्यापारी बन्दै गएको भन्दै यो अवस्था देशकै लागि दूर्भाग्यपूणर् भएको समेत टिप्पणी गरेका छन् ।

    डिल्लीबजारमा रहेको पद्मकन्या बहुमुखी क्याम्पसमा शुक्रवार आयोजित ४२ औं वार्षिकोत्सवका अवसरमा बोल्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले नै शिक्षा र स्वास्थ्यमा व्यापार गरिरहेको आरोप लगाएका हुन् ।

    ‘अहिले शिक्षा,स्वास्थ्य हरेक कुरामा व्यापार भइ रहेको छ । छात्रवृत्ति कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन । शिक्षा व्यापार भएको छ । यो दूर्भाग्पूणर् कुरा हो । तर सरकारमा बस्नेहरू नै व्यापारी भएपछि यो कुरा कसले सुन्ने ?’ उनले प्रश्न गरे ।

    पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसकेको भन्दै मध्यम वर्गिय छात्राहरूको पठनपाठनमा कन्या क्यापसले गरेको योगदानको प्रशंसा पनि गरे ।
    पूर्वमन्त्री तथा क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष होमनाथ दाहालले संविधानमा नै समाजवाद उन्मुख शिक्षा भनिए पनि शिक्षा, स्वास्थ्य सर्वसुलभ हुन नसक्नु राज्यको कमजोरी भएको बताएका हुन् ।

    उनले नेपालको शिक्षा नीति र प्रणालीले गर्दा उच्च शिक्षाका लागि कोही पनि नेपाल बस्ने अवस्थामा नरहेको उल्लेख गर्दै शिक्षामा व्यापक सुधारको खाँचो रहेको बताएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ