काठमाडौं । काठमाडौँको ल्होत्से मलमा भएको मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-४ बारपाटे स्थायी घर भई हाल नेपालटार बस्ने २९ वर्षीय सरोज पौडेल रहेका छन् ।
यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बालाजु बसपार्कबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया