• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राष्ट्रपति चयन पार्टी कार्यकर्ताभन्दा बाहिरबाट हुनसक्छ : नेता शर्मा

    1.1K
    SHARES



    विराटनगर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले राष्ट्रपति चयन पार्टी कार्यकर्ताभन्दा बाहिरबाट हुनसक्ने सङ्केत गरेका छन् ।

    माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा आज सम्पन्न पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएको बैठकमा सहभागी नेताहरूले जनाएका छन् ।

    ‘मूलतः तीन वटा मान्यता पुरा गर्ने व्यक्तित्वलाई राष्ट्रपति मान्ने हाम्रो पार्टीको निर्णय हो,’ सम्बोधनका क्रममा उनले भने, ‘त्यो भनेको संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र संसद्को पाँचै वर्ष स्थिरता रहन प्रतिबद्ध व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्‍यो ।’

    उनले पूर्व राष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारी जस्तो व्यक्तित्व राष्ट्रपतिको उम्मेदवार हुन नसक्ने पनि बताएका छन् ।

    रामवरण यादवले तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको निर्णयमा हस्तक्षेप गरेको र हालकी राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ता भएको शर्माको आरोप थियो । जसका कारण संविधानको सही कार्यान्वयन हुन नसकेको र संसद्लाई अस्थिर बनाउने कोसिस भएको उनको जिकिर थियो ।

    ‘राष्ट्रपति भनेको संविधान मान्ने बनाउन खोजेका छौँ । त्यसको अर्थ कुनै पनि पार्टीको नेतालाई बनाउँदैनौ भन्ने हो,’ शर्माले बैठकमा भनेका थिए । त्यस विषयमा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि औपचारिक प्रस्ताव गरिसकेको उनले बताए । शर्माले राष्ट्रपति निर्वाचनले परिस्थिति कता जान्छ भन्न नसकिने पनि बताएका थिए ।

    सम्बोधनका क्रममा शर्माले माओवादी अब पुरानै तरिकाले अगाडि बढ्न नसक्ने पनि बताएका थिए । ‘पुरानै तौर तरिकाबाट नचल्ने देखियो । आगामी ४ वर्ष घुँडा धसेर काम गर्नु आवश्यक छ,’ शर्माले भनेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ