• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आकाशिदै पाकिस्तानमा खाद्यान्नको महंगी

    831
    SHARES



    काठमाडौं । चरम आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा महंगी आकाशिएको छ । आर्थिक मन्दीका कारण पाकिस्तानमा दैनिक उपभोग्य खाद्यान्नको मूल्यमा अस्वभाविक वृद्धि भएको हो ।

    हाल पाकिस्तानको बाजरमा एक किलो चिनिको मूल्य १७ सय रुपैयाँ पुगेको छ भने पिठोको मूल्य १२ सय ५० रुपैयाँ पुगेको छ ।

    चिया, दाल, पिठो, चामल र तेललगायतका दैनिक उपभोग्य खाद्यान्नमा अचाक्ली मूल्य वृद्धि भएपछि अहिले पाकिस्तानको भान्सा महँगो बनेको छ ।

    आर्थिक मन्दीका कारण जनजीवन प्रभावित बनेको पाकिस्तानमा अहिले चर्को महंगिका कारण नागरिक समस्यामा परेका छन् ।

    पछिल्लो ६ महिनाको अवधिमा १० किलो पिठोको मूल्य ४ सय ५० रुपैयाँले बढेको पाकिस्तानको कराची शहरको मध्यभागमा रहेको महारानी बजारमा पसल चलाईरहेका जाहिदले बताएका छन् । उनका अनुसार पाकिस्तानमा पछिल्लो समय पिठोमात्र नभएर दैनिक उपभोग्य खाद्यान्न सबैमा मूल्य वृद्धि भएको छ ।

    त्यस्तै, केही समय अघिसम्म मात्रै पाकिस्तानमा खाने तेल प्रतिलिटर ३ सय ८० रुपैयाँमा पाइन्थ्यो तर आर्थिक मन्दीको प्रभाव परेसँगै हाल पाकिस्तानमा खाने तेलको मूल्य ६ सय २० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

    पहिला २८० रुपैयाँ किलोमा पाइने चनाको दालको मूल्य पाकिस्तानमा अहिले ४३० रुपैयाँ पुगेको छ । त्यस्तै, मासको दाल पहिला प्रतिकिलो ३२० रुपैयाँमा पाइन्थ्यो भने अहिले चार सय रुपैयाँभन्दा माथि पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ