काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा नेपालले लगातार दोस्रो जीत निकालेको छ । स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।
स्कटल्याण्डले जीतका लागि राखेको २ सय ७६ रनको लक्ष्य नेपालले ४७ औँ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै ८५ रन बनाए ।
उनलाई सोमपाल कामीले अन्तिमसम्म २४ रन बनाएर राम्रो साथ दिए । त्यस्तै कुशल मल्लले ८१ रन बनाउँदै नेपाललाई जीत तर्फ अग्रसर गराए । यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थिए ।
स्कटल्याण्डका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै पारीलाई ठुलो योगफलतर्फ डोर्याएका थिए । उनले ८५ बलमा १०७ रन बनाए । उनीबाहेक ज्याक जार्भिसले २६ तथा ओपनर क्रिस्टोफर म्याकब्राइड र ब्रान्डन म्याकमुलेनले समान २२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले दुई विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेलले र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
प्रतिक्रिया