• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्नेविरुद्ध अख्तियारको मुद्दा

    326
    SHARES


    काठमाडौँ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा चलाएको छ ।

    सरकारी साक्षीका रुपमा पेश गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारका अनुसार सिन्धुपाल्चोकस्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका इन्जिनियरले घुस लिएकोसम्बन्धी मुद्दामा उनीहरुलाई साक्षीका रुपमा अदालतमा पेश गरिएको थियो ।

    तर, इन्जिनियर भोगेन्द्र प्रसाद साहसमेतको मुद्दामा घुसवापतको रकम दिएको भनिएका बद्री समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यले बयान फेरेका थिए ।

    विशेष अदालत समक्ष वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले समुन्द्र र चिरञ्जिवीविरुद्ध २९ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

    यस्तै रत्न प्रसाद आचार्यले रु ८५,००० घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिएको भन्दै सोही बराबरको बिगो मागदाबी गरेर शुक्रबार मुद्दा दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी गराएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ