• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ४७० नयाँ जहाज किन्न लागेको एयर इण्डियालाई ६५ सय पाइलट चाहिने

    2.3K
    SHARES



    काठमाडौं । भारतीय राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी एयर इण्डियाले युरोप र अमेरिकी कम्पनी एयरबस र बोइङबाट ४७० नयाँ जहाज खरिदको अर्डर दिएको छ ।

    यी दुई कम्पनीबाट आउने सयौं जहाज उडाउन ६ हजार ५ सय भन्दा बढी नयाँ पाइलटको आवश्यक पर्ने भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

    इकोनोमिक टाइम्सका अनुसार ४७० वटा नयाँ जहाज उडाउन ६ हजार ५ सय भन्दा बढी पाइलटको आवश्यकता पर्नेछ । कम्पनीले थप ३७० जहाज अर्डरको योजना बनाइरहेको छ । यस अनुसार कम्पनीले ८४० वटा नयाँ जहाज थप्नेछ ।

    यो विश्वको इतिहासमै सबैभन्दा ठूलो अर्डर मध्येको एक हो । अहिले एयर इण्डियासँग ११३ वटा जहाज रहेका छन् । यी जहाज उडाउन १ हजार ६ सय पाइलटले काम गरिरहेका छन् ।

    यो कम्पनीसँग दुई सहायक कम्पनी एयर इण्डिया एक्सप्रेस र एयर एशिया इण्डिया रहेका छन् । जससँग ५४ वटा जहाज र ८५० पाइलटले काम गरिरहेका छन् ।

    संयुक्त लगानीमा सञ्चालित विस्तारा एयरसँग ५३ वटा जहाज र ६ सय भन्दा बढी पाइलट रहेका छन् । एयर इण्डियाले नयाँ जहाज अर्डरमा एयरबसतर्फ २१०, ए३२०/३२१, एनईओ/एक्सएलआर, ए३५०-९००/१००० समावेश छन् । बोइङतर्फ १९० ७३७-म्याक्स, २० ७८७ र १० ७७७ लगायत छन् ।

    ए ३५० मोडलका जहाहहरु लामो दुरीका जहाज हुन् । यी जहाजले एक साथ १६ घण्टाभन्दा लामो उडान गर्न सक्छन् । यस्ता जहाजलाई प्रति विमान ३० पाइलट (१५ कमाण्डर र १५ फर्स्ट अफिसर) चाहिन्छ ।

    यस अनुसार ए ३५० मोडलका जहाज उडाउन मात्र १२ सय पाइलट आवश्यक पर्ने बताइएको छ । एक बोइङ ७७७ उडाउन प्रतिदिन २६ जना पाइलट चाहिन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ