• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    1K
    SHARES



    काठमाडौँ। संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

    पार्टी अध्यक्ष केसीसहितको केन्द्रीय प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

    पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई भेटेर संघीयता खारेजी, गणतन्त्र, अनावश्यक खर्च कटौती, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको बताइएको छ ।

    ज्ञापनपत्र बुझाउन अध्यक्ष केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने वालुवाटारमै पुगेका हुन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ