News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

आईसीसी विश्वकप क्रिकेट लिग २ : पहिले बलिङ गर्दै नेपाल

567
SHARES


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टू को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । स्कटल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालको अघिल्लो खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले स्थान बनाएका छन् ।

एकदिवसीय अन्तराष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो । तीन खेल अगावै विश्वकप लिग टूको बिजेता बनेको स्कटल्याण्डविरुद्ध नेपालको खेल हुदैछ ।

पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । स्कटल्याण्डसँग पहिलो पटक घरेलु भुमीमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहन्छ ।

स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तराष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ । त्यसकारण स्कटल्याण्ड नेपालका लागि सहज प्रतिद्वन्दी भने होईन ।

नेपाली टोलीमा :रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा रहेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया