• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एक दिनको फरकमा श्रीमान्-श्रीमतीको निधन, एउटै चितामा अन्त्येष्टि

    1.3K
    SHARES



    काठमाडौँ। मोरङको सुन्दरहरैँचा-१० निवासी एक वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ ।

    विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको भोलिपल्ट बुधबार ७९ वर्षको उमेरमा पत्नी शिवमाया बुढाथोकीको निधन भएको हो ।

    पदमबहादुरको शवयात्रा बेलबारीको लोहान्द्रा खोलामा पुगेर अन्तिम दाहसंस्कारका लागि तयारी गर्दा बेहोस भएर श्रीमती शिवमायाको निधन भएको स्थानीय शिक्षासेवी अर्जुन बस्नेतले जानकारी दिए ।

    उनले बुढाथोकी दम्पतीको एउटै समय तथा एकै चिता र घाटमा अन्त्येष्टि गरिएको बताए । विवाह गर्दा सँगै मर्ने तथा सँगै बाँच्ने वाचाकसम खाएका श्रीमान् श्रीमतीमा यस्तो निधनको संयोग विरलै मात्र हुने स्थानीयवासीले बताएका छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ