• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लोत्से मल लुटपाट घटना : लुटिएका सामान फिर्ता गर्न महासंघको माग

    1.1K
    SHARES



    काठमाडौँ। काठमाडौंको नयाँ बसपार्कबाट लुटिएका व्यवसायीका सामान अविलम्व फिर्ता गराउन नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ ।

    महासंघले बिहीवार विज्ञप्ति प्रकाशित गरी व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड एवं लुटपाटका घटनाको निन्दा गर्दै सामान फिर्ता गर्न आग्रह गरेको हो ।

    घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गरेको छ । जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु शोभनीय नभएको पनि महासंधको भनाइ रहेको छ ।

    विरोध गर्ने नाममा कानून हातमा लिई गरिने यस्ता घटनालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यले ध्यान दिन र दोषीलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न माग पनि गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया