• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विशाल हिमनदी पूरै पग्लिने जोखिममा

    877
    SHARES



    काठमाडौँ। एन्टार्क्टिकामा रहेको एउटा विशाल हिमनदी थ्वेइट्स अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको एउटा अध्ययनले देखाएको छ ।

    बेलायतको एन्टार्क्टिक सर्भे र अमेरिकाको एन्टार्क्टिक कार्यक्रमले हिमनदीमुनि सेन्सर र पानीमुनि रोबट राखेर गरेको अध्ययनले थ्वेइट्स हिमनदी यसअघि अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको देखाएको बीबीसीले जनाएको छ ।

    यो एन्टार्क्टिकामा गरिएकाे अहिलेसम्मकै ठूलो अध्ययन हो । थ्वेइट्स हिमनदीको आकार बेलायतको क्षेत्रफल जत्तिकै छ । यो हिमनदी पूरै पग्लियो भने त्यसले विश्वव्यापीरूपमा समुद्रको स्तरलाई आधा मिटरले बढाउने विज्ञहरूले बताएका छन् ।

    सन् १९९० को दशकको अन्तिमदेखि हिमनदी आफ्नो प्रारम्भिक रेखाबाट १४ किलोमिटर खुम्चिएको देखिएको छ । कतिपय ठाउँमा त्यो रेखा अहिले वर्षमा एक किलोमिटरभन्दा बढीले खुम्चिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    नेचर जर्नलमा यही हप्ता प्रकाशित दुई वटा शोधपत्रमा थ्वेइट्स हिमनदी पग्लिने क्रम जलवायु परिवर्तनले गरेको असरको डरलाग्दो नमुना भनिएको बीबीसीले जनाएको छ । प्रतिवेदनमा हिमनदी पग्लिनुको मुख्य कारण समुद्रमा बढिरहेको तापक्रम भनिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ