News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रदेश

हेटौंडामा वडाध्यक्षद्वारा कर्मचारीमाथि हातपात, यस्तो छ कारण

578
SHARES


हेटौंडा । हेटौंडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् ।

उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज संगै हातपातको प्रयास गरेका एक प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् ।

वडाध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडि नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मूल गेट अगाडिनै साहलाई गालीगलौज गरेका हुन् ।

उपमहानगरका सिनियर ईञ्जिनियर समेत रहेका महाशाखा प्रमुख शाह माथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् ।

अहिले नगर प्रमुख मीना लामाको कार्यकक्षमा मेयर लामा, उपमेयर राजेश बानियाँ, वडाध्यक्ष सिग्देल र महाशाखा प्रमुख साहबीच छलफल जारी छ ।

यसअघि गएको भदौ ७ गते हेटौंडाको एक विद्यालयको सटर भाडामा लगाउने विषयमा विवाद हुँदा सिग्देल आफ्नै पार्टीको कार्यकर्ताद्वारा कार्यकक्षमै कुटिएका थिए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया