• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमाले अध्यक्ष ओलीद्वारा सांसद भण्डारीको स्वास्थ्य लाभको कामना

    1.2K
    SHARES



    काठमाडौँ। एलपी ग्यासको सिलिन्डर विस्फोटहुँदा नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी घाइते भएका छन् ।

    उनै घाइते भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै एमाले अध्यक्ष के पी शर्मा ओलिले सामाजिक सञ्जाल फेसबुक मार्फत स्वास्थ्यलाभको कामना गरेका छन् । सांसद भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।

    ओलीले लेखेका छन् ‘एलपी ग्यासको सिलिन्डर विस्फोटमा परेर प्रतिनिधिसभा सदस्य माननीय चन्द्रकान्त भण्डारी घाइते हुनु भएको खबरले अत्यन्त दुःखी छु । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु । विस्फोटमा परी निधन हुनु भएकी उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

    सांसद भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ