काठमाण्डाै। सुनसरीको बर्जु गाउँपालिका-२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु-२ मा सात महिने बच्चामा दादुरा देखिएपछि नमुना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो ।
बर्जुमा दादुराको आशङ्कामा अन्यको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नं वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमुना परीक्षणका साथै क्षेत्र, जिल्ला र पालिकाका स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ ।
प्रतिक्रिया