• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सांसद भण्डरीको अवस्था जटिल, देशबाहिरको सुविधासम्पन्न अस्पताल लैजान सिफारिस

    687
    SHARES


    काठमाडौँ। खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा घाइते भएका गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन् अस्पतालमा लैजान चिकित्सकहरुले सिफारिस गरेका छन् ।

    हिजो घरमा ग्यास विस्फोट हुँदा उनी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।

    किर्तिपुर अस्पतालले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै ‘हालको स्रोत र साधनको अवस्थामा भण्डारीको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ भनिएको छ ।

    काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भनेका थिए । सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ