• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंमा प्रत्येक २ वर्षमा घरभाडा बढ्ने, घरभाडामा दिंदा महानगरलाई सुचना दिनुपर्ने

    351
    SHARES


    काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र घर बहाल रकम निश्चित समय अवधिमा मात्रै बढ्ने भएको छ ।

    महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले २ वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख छ ।

    महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २-२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ ।’

    महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार यो व्यवस्था कार्यान्वयन भएसँगै घरधनीहरुले मनलाग्दी भाडा उठाउन पाउँदैनन् भने तोकिएको भाडाको आधारमा महानगरमा घर बहाल कर तिर्नुपर्ने छ ।

    घरबहालसम्बन्धी घरधनी र बहालमा बस्ने बीच विवाद भएमा सम्झौताको आधारमा महानगरको न्यायिक समितिले समाधान गर्नेछ ।

    घरभाडामा दिंदा र घरखाली भएको सूचना भने सात दिनभित्र महानगरपालिकामा दिनुपर्ने छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ