पाकिस्तान । आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा आयरल्याण्डलाई ७० रनले हराएको हो ।
केपटाउनमा पाकिस्तानले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६ ओभर ३ बलमा अलआउट हुदै ९५ रन मात्र बनायो ।
आयरल्याण्डका लागि ओर्ला प्रिन्डिउरगास्टले ३१ रन बनाए । त्यस्तै इमियर रचिर्डसनले २८ रन बनाउँदै गाबाई लुईसले १० रनको योगदान गरे ।
पाकिस्तानका लागि नशरा सन्धुले चार विकेट लिइन् । सादिया ईकवाल र निदा डारले समान दुई-दुई विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो ।
पाकिस्तानका लागि मुनिवा अलिले शतकीय पारी खेलिन् । ६८ बलमा १४ चौकाको सहयोगमा १०२ रन बनाइन् । त्यस्तै निदा डारले ३३ रन बनाइन् ।
आयरल्याण्डका लागि अर्निली किलेले दुई विकेट लिइन् । त्यस्तै लिएहा पल र लौरा डिलेनेले समान एक-एक विकेट लिइन् ।
यस्तै, पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली भारतसँग बराबरी खेलेको छ ।
चेन्नईमा बुधबार राति भएको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको हो ।
जवाहरलाल नेहरू स्टेडियममा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग बराबरी खेलेको हो । खेलको चारै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । खेलको ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता २-० को बनाईन् ।
प्रतिक्रिया