• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गाई काटेको आरोपमा ३ जना पक्राउ

    437
    SHARES


    रसुवा । गाई काटेको आरोपमा दक्षिणी रसुवाबाट केही व्यक्तिलाई पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कालिका गाउँपालिका-२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाअन्तर्गत गुम्बाटोल निवासीद्वय ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्वा रहेका छन् ।

    गाईको मासु भाग लगाई राखेको अवस्थामा गए राति १२ः३० बजे १ सय २० केजी मासुसहित कालिका स्थानको नजिक दूरीको काभ्रेटोलबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार राष्ट्रिय जनावर गाई काट्न प्रयोग भएको बञ्चरो एक थान एवं दुई थान खुकुरीसमेत घटनास्थलबाट बरामद गरिएको हो ।

    घटनास्थल कालिकास्थानदेखि करिब तीन किलोमिटर उत्तरमा रहेको छ र विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानका इञ्चार्ज प्रहरी निरीक्षक राजीव बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले गौ हत्यारालाई नियन्त्रणमा लिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ