News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

अभियुक्त लामिछानेको मुद्दामा सर्वोच्चले फागुन १२ मा सुनुवाइ गर्ने

5.7K
SHARES


काठमाडौँ।  नाबालिग बलात्कारको अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको निवेदनमाथि फागुन १२ गते सुनुवाइ तोकिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार नाबालिग बलात्कारको अभियुक्त लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले पाटन उच्च अदालतबाट कैफियत प्रतिवेदन झिकाएसँगै नयाँ पेशी तोकिएको हो ।

लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कार मुद्दाको प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा दिएको निवेदनको सुनुवाइ सर्वोच्चमा भइरहेको छ ।

उच्च अदालतले पुस २८ गते लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी दिएको आदेशविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया