• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्डमा आगजनीगर्ने ६ जना पक्राउ

    867
    SHARES



    काठमाडौं । काठमाडौँको बालाजुस्थित माछापोखरीमा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आगजनी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको छ ।

    आज (बुधबार) जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरि अभियुक्तहरूलाई सार्वजनिक गरेका हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले सोमबार भएको आन्दोलनका क्रममा तोडफोड गर्ने उनीहरूलाई पक्राउ गरिएको बताए ।

    पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर बस्ने विक्रम राई नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रे घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गेंगबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रे घर भई गंगाहल बस्ने आशिष् खड्का रहेका छन् ।

    पक्राउ परेकाहरू माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम ३ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको र  सो घटनामा संलग्न रहेको आशंकामा अन्य १० जनामाथि पनि अनुसन्धान जारीरहेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ