News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

बैठक चलिरहँदा संसद्‍ भवन अगाडि प्रदर्शन, ४ जना महिला पक्राउ

492
SHARES


काठमाडौँ। यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद्‍ भवन अगाडि प्रसर्शनमा उर्तिएकारूलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबारको प्रदर्शनमा सहभागी चार जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । संसद्‍ बैठक चलिरहँदा यौन हिंसाको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद्‍ भवन बाहिर सडकमा केही महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमतीसहितका महिलाहरूले बुधबार दिउँसो प्रदर्शन गरेका थिए ।

प्रहरीले गिरीकी श्रीमतीसहित चार जना महिलाहरूलाई पक्राउ गरेको छ भने जिल्ला अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन पनि दिएकी थिइन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया