• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    भारतको कर्मचारी आउँदा किन लम्पसार परेको ?

    565
    SHARES


    काठमाडौं । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा गरेको उच्च राजनीतिक भेटघाटप्रति प्रश्न उठाए ।

    उनले देश सानो ठूलो भए पनि सार्वभौमसत्ताको हिसाबमा भारत र नेपाल बराबर रहेको भन्दै भारतका कर्मचारी आउँदा उच्च राजनीतिक तहको भेटघाट गर्नु अशोभनीय रहेको बताए ।

    ‘नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन्, उहाँहरु निराश भएर फकिर्नुपर्छ’ उनले भने,

    ‘तर छिमेकका कर्मचारी आउँदाखेरि राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरु, आफूलाई असाध्य जान्ने सुन्ने ठान्ने, देशका स्वाभिमानको पक्षमा मुन्टो हल्लाउँदै हिँड्नेले किन यसरी विदेशीहरुका अगाडि लम्पसार परिरहेका छन् ? यो राष्ट्रिय स्वाभिमानका विषयमा उहाँहरुलाई लाज लाग्दैन ?’

    नेताहरुमा शक्ति राष्ट्रको मान्छेको आशिर्वाद लिने र आफ्नो दुनो सोझ्याउने प्रवृत्ति देखिएको पनि केसीले बताए । ‘हामीलाई लाज लाग्दैन विदेश विदेशी शक्ति राष्ट्रको मान्छे आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोझउयनेृ काम गरिरहेका छौं, राष्ट्रको स्वाभिमान, राष्ट्रको इज्जत, सार्वभौमसत्तामाथि खलल पार्ने काम भएको छ’ उनले भने ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ