• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    क्लबमा बाउन्सरको खुकुरी तथा रड प्रहारबाट दर्शक गम्भीर घाइते

    8.8K
    SHARES



    बुटवल । बुटवलको एक क्लबमा ग्राहक माथि बाउन्सर लगाएर कुटपिट भएको छ ।

    बुटवल उपमहानगरपालिका वार्ड ११ कालिका नगरमा रहेको बुटवल लड क्लबमा कलाकारको रमाइलो हेर्न पुगेका २ जना ग्राहकलाई क्लबमा बाउन्सरले कुटपिट गम्भीर घाइते बताएका छन् ।

    गुल्मी जिल्लाको मुसिकोट गाउँपालिका वार्ड नम्बर ४ बडागाउँका २७ वर्षीय विनोद गुरुङ, सोही गाउँपालिका वार्ड ७ बस्ने हिमाल भट्टराईलाई बुटवल लड क्लबका बाउन्सर देवदह नगरपालिका वार्ड नम्बर १० बस्ने सागर पुन,विपिन पुन लगायतले खुकुरी तथा रड प्रहार गरी घाइते बनाएका छन् ।

    घटनामा गम्भीर घाइते भएका गुरुङको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । गुरुङको टाउको नाक तथा शरीरमा विभिन्न ठाउँमा चोट लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालले भैरहवाका मेडिकल कलेजमा रिफर गरेको हो ।

    गुरुङले क्लबका बाउन्सरहरुले खुकुरी तथा रड प्रहार गरेर कुटिपिट गर्दै आफूहरूले सुनको सिक्री, ब्रासलेट र मोबाइल समेत लुटेर लगेको आरोप लगाएका छन् ।

    उनले आफूहरू विना कारण हतियार प्रयोग ज्यान मार्गे उद्देश्य भए पनि क्लबमा रहेका अन्य दर्शकहरूले रोक्दा आफूहरू बाँचिएको बताएका छन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दान बहादुर थापाले घाइतेहरू प्रहरी कहाँ निवेदन लिएर आएको घाउ चेकचाज गर्नको लागि पठाएको र घटनाको अन्य अनुसन्धान सुरु गरेको बताएका छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया