• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एकीकृत समाजवादीले राष्ट्रपतिमा उम्मेदवारी नदिने

    1K
    SHARES



    काठमाण्डाै। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिनेबताएका छन् ।

    आज कास्कीको पोखरामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेबाट सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको अबस्थामा अब राष्ट्रपति पनि एमालेकै बनाउन नहुँने बताएका हुन् ।

    उनले अहिलेको सत्ता गठबन्धनको आलोचना गर्दै यो गठबन्धनलाई खिचडीको संज्ञा दिए । संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको उनको भनाइ रहेको छ ।

    देशको राजनीति अहिले तरल भएको भन्दै नेपालले कल्पना गरेभन्दा फरक हिसाबले चलिरहेको पनि बताए । उनले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको समेत बताए ।

    यस्तै काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको सडक वधशाला भइरहेकाले त्यसलाई रोकेर जीवनशाला बनाउन जरुरी रहेको बताएका छन् ।

    बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका भट्टराईले भने, ‘सडक जीवनशाला हो । नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ । जीवनशाला बनाउनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’

    उनले सडक विभागले सडक बनाउने र त्यसको गुणस्तर उसैले जाँच्ने र यातायात व्यवस्था विभागले लाइसेन्स आफै जाँच्ने दुनियाँमा कहीँ नभएको व्यवस्था नेपालमा भइरहेको बताए । उनले रोड सेप्टी काउन्सिल गठन गर्न माग गर्दै यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताए ।

    साथै उनले नेपालमा दुई पाङग्रे सवारी साधनमा ७० प्रतिशत मृत्यु हुने गरेको भन्दै यस्ता विषयमा छलफल गर्न जरुरी रहेको बताए ।

    ‘अटो ल्यान्डको निर्माण गर्ने, यातायात क्षेत्रका श्रमिकहरूलाई उचित ढङ्गले सम्बोधन गर्ने, भेहिकल टेस्टिङ सेन्टरहरूको निर्माण गर्ने, सडक पूर्वाधारको विकास गर्ने, सडक बीमा र दुर्घटनापछिको उद्धार उपचार र पुनर्स्थापनाजस्ता पक्षहरूमा ध्यान दिँदै सडक मान्छेको जीवनयापनको सजिलो माध्यम हो’, भट्टराईले भने, ‘सडक जीवनशाला हो ।

    नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ । जीवनशालाबनाउनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ