• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    संसदमा सुमनाको प्रश्न: बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दियो ?

    1K
    SHARES



    काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसदमा प्रश्न उठेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो भनेर प्रश्न गरेकी हुन् ।

    आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै श्रेष्ठले भनिन्, ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?

    आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’ यो घटनाको कारण पीडितलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको उनको भनाइ रहेको छ ।

    न्यायपालिकाको काम चुस्त, दुरुस्त र पारदर्शी नहुँदा समाज कानुनी मुद्दामा पनि बिभाजित हुन थालेको बताउँदै उनले सन्दीप लामिछाने विरुद्धको मुद्दा छिटो छिनोफानो गर्नुपर्ने पनि बताएकी हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ