• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    थासाङमा बस दुर्घटना, १६ जना घाइते

    686
    SHARES



    काठमाडौँ। मुस्ताङको थासाङमा बस दुर्घटनाहुँदा  १६ जना घाइते भएका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका असई कृष्ण पोखरेलका अनुसार ना ७ ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुमा दुर्घटनाग्रस्त भएको हो ।

    कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी-जोमसोम सडकखण्डमा दुर्घटना भएको हो । बस कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकृत प्रहरी निरीक्षक राजकुमार तामाङले बसमा १७ जना रहेको बताए ।

    घाइतेहरूलाई उपचारका लागि नजिकै रहेको लेते अस्पताल लगिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ