काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले घरेलु टोलीविरुद्धको पहिलो मैत्रीपूर्ण खेल आज खेलने भएको छ । नेपाल र भारतबीचको पहिलो खेल चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुने छ ।
एन्जिला सुब्बाको कप्तानीमा रहेको नेपालले घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्ने योजनामा रहेको छ । अर्कोतर्फ भारत भने साफ च्याम्पियनसीपमा भोगेको पराजयको बदला लिने दाउमा छ ।
गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले पराजित गरेको थियो भने नेपाल र भारतबीचको दोस्रो खेल शनिबार हुने तालिका रहेको छ ।
प्रतिक्रिया