लुम्बिनी। आज लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउँदैछ ।
लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो ।
स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।
प्रतिक्रिया