काठमाडौँ। १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को हिजो बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप-२०२३ भारतमा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको मिति र ठाउँ तय हुन भने बाँकी छ ।
माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३-० गोलले पराजित भएको थियो ।
प्रतिक्रिया