News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

भ्यागुते रोगका कारण ४० जनाको मृत्यु

473
SHARES


लागोस । भ्यागुतेरोग (डिप्थेरिया) को सङ्क्रमणले नाइजेरियामा ४० जनाको निधन भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले डिसेम्बर २०२२ यता देशका विभिन्न चार राज्यमा सङ्क्रमणबाट ४० जनाको मृत्यु भएको र २१६ सङ्क्रमणका घटनाहरू पुष्टि भएको बताएका छन् ।

नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले उत्तरी राज्य कानोमा ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने दक्षिणपश्चिमी राज्य लागोसमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यसैगरी उत्तरपूर्वी राज्य योबेमा दुईवटा सङ्क्रमणका घटना पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । उता दक्षिणपश्चिम राज्य ओसुनमा एउटा सङ्क्रमणको घटना पुष्टि भएको र एकजनाको मृत्यु भएको बताइएको छ ।

कुल २१६ जनामा सङ्क्रमणकप घटना पुष्टि भएकामा १८४ जना चाँहि २ देखि १४ वर्ष उमेरका थिए । यसै बीच महामारी फेलिने सन्त्रासपछि एजेन्सीले प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ ।

डिप्थेरिया एक प्रकारको ब्याक्टेरिया सङ्क्रमण हो जुन कोरिनेब्याक्टेरियम प्रजातिको ब्याक्टेरियाले गर्दा मानिसको नाक, घाँटी र कहिलेकाहीँ छालालाई असर गर्छ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया