• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized अन्तराष्ट्रिय

    सवारी दुर्घटनामा २० जनाको मृत्यु

    456
    SHARES


    अफ्रिका। दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।

    उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ-आफ्नो गन्तव्यतर्फ हुइँकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् ।

    क्षेत्रीय यातायात विभागका एक अधिकारीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    राजमार्ग नजिकको नदीमा पनि बसका यात्री खसेका आशङ्कामा प्रहरी गोताखोर परिचालन गरेर खोजी भइरहेको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन ।

    दुर्घटना भएको भेगमा विगत केही दिनदेखि भारी वर्षा भएकाले चिप्लोमा ती सवारी साधनले नियन्त्रण गुमाएका अनुमान गरिएको छ । दक्षिण अफ्रिकाका धेरै भूभाग बाढीको चपेटामा परेका छन् । बाढीमा परी हालसम्म सात जनाको ज्यान गएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ