नवलपरासी । मदारबाबा मेला जानका लागि पहाड चढ्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाँउपालिका-६ मा पर्ने नकधडवा पहाडमा मदारथान जाने क्रममा मंगलबार बिहान ती भारतीय नागरिकको मृत्यु भएको प्रहरी निरीक्षक गोपाल चालिसेले बताए ।
भारत उत्तरप्रदेश कुशीनगरका ५५ वर्षीय रसुल जनेवाको आज बिहान मृत्यु भएको हो । उकालो पहाड चढ्ने क्रममा समस्या भएपछि त्यहीँ रसुलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी आफ्ना छोरासँगै मदारबाबा मेला भर्न आएका थिए । हिन्दु र मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मदार थान मेलामा भक्तजनको घुइँचो छ । माघ २७ गतेदेखि सुरु भएको मेला फागुन ६ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया