पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ गैरीगाउँमा भीरबाट लड्दा एक वृद्धको मृत्यु भएको छ ।
मोरङको लेटाङ नगरपालिका-८ खैरेनी बस्ने ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।
माघ २९ गते ३५ वर्षीय श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीका साथ मोरङदेखि पाँचथरको मिक्लाजुङ ६ मेवाखोलामा रहेको ससुराली घर जाने क्रममा भीरबाट लडेका हस्तबहादुरको मंगलबार बिहान मात्रै शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईले बताएका छन् ।
हस्तबहादुर २९ गते नै भीरबाट लडे पनि श्रीमती सरिताले २ दिन ढिलो गरी प्रहरीमा निवेदन दिएकोप्रहरीको भनाइ छ ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी खान्द्रोङबाट खटिएको प्रहरी र स्थानीयले खोजी गर्दा हस्तबहादुरको शव भेटिएको जनाइएको छ ।
प्रतिक्रिया