• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    डिभिजन प्रमुख श्रेष्ठ र इन्जिनियर दासविरुद्ध अख्तियारमा मुद्दा

    495
    SHARES


    काठमाडौँ। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठ र इन्जिनियर सन्तोषकुमार दासविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा मुद्दा परेको छ ।

    उनीहरूले नवलपरासी जिल्लास्थित पेटवनिया सिँचाइ योजनाका लागि आ.व. २०७४/०७५ मा बजेट निकासा भएको डिप ट्युववेलको कार्यमा निर्माण व्यवसायीमार्फत कार्य गर्दा काम पूरा नभई भुक्तानी दिएको भन्ने उजुरी परेको थियो ।

    निवेदनमा अनुसन्धान हुँदा श्रेष्ठ र दासले निर्माणाधीन आयोजनाको निरन्तर अनुगमन सुपरिवेक्षण गरी कार्य सम्पन्न भएपछि सोको एकिन नगरी भुक्तानी गरेका थिए ।

    निर्माण व्यवसायीलाई नभएको कार्यका लागि रु.१ लाख २० हजार बढी भुक्तानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरू डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठ र इन्जिनियर सन्तोष कुमार दासलाई रु.१,२०,०००।- (एक लाख बीस हजार रुपैयाँ) विगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय एवं सोही ऐनको दफा ८ को उपदफा (१) अनुसार विगो बमोजिम जरिवाना तथा विगो असुल उपर हुन साथै, योजनाको फिल्डमा भएको कार्यको एकिन गरी वास्तविक नापजाँच गर्नुपर्नेमा सो नगरी जडान नै नभएका अल्फा भल्भ जडान भएको भनी गलत प्रतिवेदन तयार गरेको उक्त प्रतिवेदनलाई प्रमाणित गरी सोही प्रतिवेदनका आधारमा रकम भुक्तानी भएकोले निजहरू इच्छा कुमार श्रेष्ठ र सन्तोष कुमार दासलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा समेत सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुने मागदावी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ