News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

प्रधानमन्त्रीको आलोचना गरेको भन्दै बीबीसीका २ कार्यालयमा आयकर विभागको खानतलासी

497
SHARES


काठमाडौँ। भारतको आयकर विभागले बीबीसीको भारतमा रहेका कार्यालयहरूमा खानतलासी गरेको छ ।

बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डकुमेन्ट्री प्रसारण गरेको केही हप्तापछि बीबीसीका नयाँ दिल्ली र मुम्बईमा रहेका कार्यालयहरूमा खानतलासी भएको बीबीसीले जनाएको छ ।

त्याे डकुमेन्ट्री बेलायतको टेलिभिजनमा मात्र प्रसारण गरिएको भए पनि भारत सरकारले अनलाइनमार्फत मानिसहरूले शेयर गर्न नपाऊन् भनेर रोक्ने प्रयास गरेको थियो ।

त्याे डकुमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिम विरोधी हिंसामा गुजरातका तत्कालीन मुख्यमन्त्री एवम् अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो ।

भारतको सत्तारूढ भारतीय जनता पार्टीका प्रवक्ता गौरव भाटियाले बीबीसीलाई संसारको सबैभन्दा भ्रष्ट सङ्गठनको सङ्ज्ञा दिदै खानतलासीको काम कानुनसम्मत रहेको तर्क गरे ।

विपक्षी दल कांग्रेसका महासचिव केसी वेणुगोपालले मोदी सरकार आलोचनाबाट डराएको देखिएको प्रतिक्रिया दिएका छन् ।

बीबीसीले विज्ञप्ति निकालेर सरकारी अधिकारीहरूलाई पूर्ण सहयोग गरेको भन्दै यो अवस्थाको समाधान चाँडोभन्दा चाँडो निस्कियोस् भन्ने चाहेको बताएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया