News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

नामिबियामाथि नेपालको रबाफिलो जित

705
SHARES


काठमाडौँ । ओपनर कुशल भुर्तेलले शानदार शतक प्रहार गरेपछि नेपालले विश्वकप लिग-२ मा नामिबियामाथि २ विकेटको रबाफिलो विजय हात पारेको छ ।

भुर्तेलले १ सय १५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य १४ बल अगाडि नै पूरा गरेको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो विजय लक्ष्य रन पार गरेको हो ।

भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाउने क्रममा १ सय १३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरेका हुन् ।

भुर्तेलले कप्तान रोहित पौडेलसँग जोडेको १ सय २४ रनको ठोस साझेदारी नेपालको विजयको आधार बन्यो । नेपालले लिग-२ मा नामिबियालाई पराजित गरेको पहिलो पटक हो ।

यस विजयपछि नेपालले एकदिवसीय मान्यता जोगाई राख्ने आशालाई कायमै राखेको छ । नेपालले अब लिग-२ मा आफ्नो बाँकी रहेको ११ मध्येको ८ खेल जित्नु पर्नेछ ।

नेपाल २५ खेलमा २० अंकका साथ सात राष्ट्र सहभागी प्रतियोगिताको अंक तालिकाको छैटौं स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

दोस्रो ओभरमै आसिफ शेख शून्यमा बोल्ड भए पनि नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्‍यो । ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौकासहित २५ रन बनाए । रोहितले कप्तानी इनिङ्स खेले । उनले ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ७२ रन बनाए । कुशल मल्ल ६, दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए ।

भुर्तेलले सन्दीप जोरासँग ४९ रनको साझेदारी गरे । ४ वर्षयता एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल खेलिरहेका जोराले २४ बल खेल्दै ३ चौका र १ छक्कासहित २८ रन बनाए । करण १२ बलमा २० रन बनाई अविजित रहे । सन्दीप लामिछाने पहिलो बलमै आउट भए ।

सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरे । नामिबियाका रुबेन ट्रमपेलमानले १० ओभरमा ४८ रन खर्चेर तीन विकेट लिए ।

यसअघि माइकल भान लिङगेनको सानदार सतकमा टस हारेर ब्याटिङमा आएको नामिबियाले निर्धारित ५० ओभर पूरा खेली २ सय ८५ रनमा अलआउट भएको थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया