News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

क्याम्पस प्रमुखमाथि कुटपिट: घटनामा संलग्नलाई कारवाही नगरे विरोधमा उत्रिने स्ववियुको चेतावनी

340
SHARES


गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि भएको कुटपिटको घटनाप्रति क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन, प्राध्यापक र कर्मचारी संगठनले घोर भत्सना गरेको छ । घटनापछि विज्ञप्ति जारी गर्दै स्ववियुले घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइ अध्यक्ष अनिश अर्यालको नेतृत्वको युवाले मंगलबार क्याम्पस प्रमुख दुवाडीमाथि हातपात गरेका थिए ।

उक्त घटनामा संलग्नलाई कारवाही नगरी कुनै राजनीतिक दलले संरक्षण गरेमा विरोधमा उत्रिने स्ववियु सभापति प्रविण बस्नेतको चेतावनी छ ।

उक्त घटनाको क्याम्पसका कर्मचारी संघ र पब्लिक क्याम्पस प्राध्यापक संघले पनि भत्सर्ना गरेका छन् । संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उनीहरुले घटनामा संलग्नलाई अविलम्व कानूनी कारवाही गर्न माग गरेका छन् ।

‘लोकतन्त्रको सुन्दर पक्षको रुपमा अभिव्यक्ति स्वतन्त्रता संविधानले व्यवस्था गरेको भए तापनि यस्ता अमानवीय र अपमानजनक व्यवहारले कानुन र लोकतन्त्रकै खिल्ली उडाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस प्रमुख भए तापनि वहाँको व्यक्तिगत बिषयलाई लिएर शिक्षाको मन्दिर क्याम्पसमा नै अराजक घटना गराउने र शैक्षिक वातावरण नै बिगार्ने काम निन्दनीय छ ।’

समस्या समाधान र कानुनी उपचारका अन्य उपायको ख्याल नै नगरी व्यक्तिगत रुपमा सामाजिक सञ्जालमा उल्लेख गरिएको बिषयलाई लिएर क्याम्पस प्रमुखमाथि हातपात तथा तोडफोडका घटनाले प्राध्यापक कर्मचारीको मनोवल गिराउने काम भएको र यसले सुरक्षा चुनौती थपिएको उनीहरुको भनाइ छ ।

दोषीलाई संरक्षण प्रदान गरी प्रोत्साहन गरेमा बिरोधका कार्यक्रम गर्ने पनि उनीहरुको चेतावनी छ । घटनाको विरोध गर्दै उनीहरुले आज क्याम्पसको पठनपाठन समेत ठप्प बनाएका छन् ।

नेपाल बिद्यार्थी संघले पनि घटनाको बिरोध गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । बिज्ञप्ती जारी गर्दै क्याम्पसमा सुरक्षाको प्रत्याभूती पनि  समेत माग गरेको छ ।

जनयुद्ध दिवसको रुपमा फागुन १ गते सरकारले दिएको विदाको सन्दर्भलाई जोड्दै दुवाडीले सामाजिक संजालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले मंगलबार बिहान उनीमाथि हातपात गरेका हुन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया