• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    बुर्जुवा शिक्षा बहिस्कार गरौं भन्ने नारा विल्कुल नचाहिने काम हो : ओली

    777
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवहार, काम र पढाइबाट अनेरास्ववियु भनेर चिनिन विद्यार्थीहरुलाई आग्रह गरे ।

    अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनका कारण पढ्न पाइएन भन्न नपाइने बताएका हुन्। उनले आफ्नो पालामा बुर्जुवा शिक्षा बहिष्कार गरौं भनेर भन्ने गरिएको भन्दै त्यो गलत रहेको बताए ।

    ‘पहिलापहिला हाम्रो पालातिर बुर्जुवा शिक्षा बहिस्कार गरौं कसैले भने । कसैले क्या मौका मिल्यो पढ्न गाह्रो भइरहेको थियो, बुर्जुवा शिक्षा बहिस्कार गरौंको नारा च्याप्प समात्यो’, उनले भने, ‘वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिस्कार गरौं भन्ने नारा विल्कुल नचाहिने काम थियो । र त्यो संस्थागत रुपमा कसैले दिएको पनि होइन ।’

    उनले बुर्जुवा शिक्षा बहिस्कारको नारा केही मान्छेका लहडमा आएको भन्दै भने, ‘सर्वहारा शिक्षाको युनिभर्सिटी कतै उनीहरुले खोलेर राखेजस्तो । अनपढ बनाउने बाटो ।

    हाम्रा अनेरास्ववियुका विद्यार्थी भाइबहिनी ट्यालेन्ट हुनुपर्छ ।’ उनले आन्दोलनले गर्दा कहिल्यै पढ्न पाइएन भन्न नपाउने भन्दै आफू अझैपनि पढिरहेको बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ