News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

एकदिवसीय क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलाे नेपाली क्रिकेटर बने राेहित

449
SHARES


काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान राेहित पाैडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगकाे खेलमा ५५ रन बनाउँदै राेहितले एक हजार रन पूरा गरेका हुन् । याेसँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलाे नेपाली क्रिकेटर बनेका छन् ।

३३ खेलमा एक हजार रन पूरा गर्दा राेहितले एक शतकसहित छ वटा अर्धशतक बनाएका छन् । एकदिवसीयमा उनकाे व्यक्तिगत उच्च स्कोर एक सय २६ रन हो । एकदिवसीयमा उनकाे औसत ३५ भन्दा धेरै छ ।

एकदिवसीयमा रोहितपछि ज्ञानेन्द्र मल्लले २७ खेलमा २८ काे औसतमा छ वटा अर्धशतकसहित सात सय ३४ रन बनाएका छन् । यस्तै आसिफ शेखले २४ खेलमा २८ काे औसतमा पाँच वटा अर्धशतकसहित छ सय ५५ रन बनाएका छन् ।

अहिले नेपालले नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । क्रिजमा राेहित र कुशल भुर्तेल रहेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया