• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गोंगबु क्षेत्रको लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

    324
    SHARES


    काठमाडौँ ।  गृहमन्त्रालयले सोमबार काठमाडाैंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

    गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्ने निर्देशन दिएका हुन् ।

    यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।

    त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले भने को छ ।

    सोमबार भएको प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट पनि समन्वय र स्थितिको आकलन गरी तत्काल लिनुपर्ने रणनीतिबारे कमजोरी भएकोले त्यसबारे पनि गृहले प्रहरी अधिकारीहरुसमक्ष चासो राखेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ