• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्रोत नखुलेको १७ लाख भारुसहित यादव पक्राउ

    330
    SHARES


    काठमाडौँ। महोत्तरीमा स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित १ जना पक्राउ परेका छन् ।

    जिल्लाको मटिहानी नगरपालिका- ८ दशगजा क्षेत्रनजिकैबाट सोही वडा निवासी २९ वर्षीय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

    ज.६प ६६६४ नम्बरको ग्लेमर मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा सो रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बरामद रकम, मोटरसाइकल र चालकसमेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ