काठमाण्डाै । आज भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।
पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।
पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन रहेको छ ।
भ्यालेन्टाइन्स् डे को सुरुवात सन् २६९ मा इटलीको रोमनबाट सुरु भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।
आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनकाे यही बलिदानको सम्मानमा भ्यालेन्टाइन्स् डेका रूपमा मनाउन थालिएको हो ।
तर पछिल्लो समय नेपालमा भने भ्यालेन्टाइन्स् डेलाइ भ्यालेन्टाइन्स् सप्ताहा मनाउने चलन पनि बढेको छ । यसको सिखो गर्दै प्रेमी-प्रेमिकालाइ दिइने चिनोको नाममा विकृति फैलि रहेको महसुस हुनथालेको छ ।
प्रतिक्रिया