भक्तपुर। भक्तपुरमा कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्राेइलर कुखुराको चल्ला जलेर नष्ट भएका छन् ।
हिजाे भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल जागृति चोकमा स्थानीय ध्रुव दाहालको जग्गा भाडा लिइ काठमाण्डौ कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी भएकाे हाे ।
आगलागीबाट कुखुराको चल्ला र फार्म जल्दा ९ लाख बराबरको क्ष भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले बताए ।
कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भइ अचानक आगलागी भएको उनको भनाइ छ ।
जुद्ध वारुणयन्त्र भक्तपुरको दुईवटा दमकल र नेपाल प्रहरीको ३० जनाको टोलीले फार्मको आगो निभाएकाे पनि जनाइएको छ ।
प्रतिक्रिया