• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भित्र यातायात व्यवसायीको सहमति, बाहिर यसरि तोडफोड र आगजनी

    670
    SHARES



    काठमाडौं । पछिल्लो २ सातादेखि आन्दोलनरत यातायात मजदुरहरुले आज राजधानीका सडकहरुमा हंगामा गरेका छन् । ट्राफिक प्रहरीका

    अधिकारीहरुका भनाइमा बाहिर यो आन्दोलन जरिवाना बढाएर पहिलो पटककै गल्तीमा १५ सय रुपैयाँ पुर्‍याएकोप्रति लक्षित देखिन्थ्यो ।

    तर, आन्दोलनमा ऐक्यबद्धता जनाएका यातायात व्यवसायीको खास लक्ष्य गौशाला, माछापोखरी लगायत चक्रपथ क्षेत्रमा सवारीसाधन पार्किङ गर्न नदिने निर्णय उल्ट्याउनतर्फ बढी केन्द्रित देखिन छ ।

    आइतबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरसहित सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलबाट ट्राफिक प्रहरी जरिवाना सम्बन्धी प्रावधानमा लचक हुने निर्णय भएको थियो ।

    मजदुरका थप मागका विषयहरुमा पनि क्रमशः छलफल गर्दै जाने भनिएको थियो । उपत्यका ट्राफिक कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पहिलो पटक जरिवानामा परे ५ सय, दोस्रो पटक एक हजार र तेस्रो पटकमा १५ सय रुपैयाँ लिने निर्णय भएको थियो ।

    त्यसरी पाँच पटकसम्म नियम उल्लंघन गरेर कारबाहीमा परे लाइसेन्स नै खारेज गर्ने प्रावधानप्रति पनि यातायात व्यवसायीको विरोध थियो ।

    २ सय बढी मजदुरको लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरिसकेकाले त्यसलाई रोक्ने व्यवसायीको इच्छा थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया