News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो

499
SHARES


काठमाडौं । सरकारले आन्दोलित यातायात मजदुरलाई वार्तामा बोलाएको छ । सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि विभागले वार्ता आह्वान गरेको हो ।

विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आह्वान गरिएको बताए ।

‘सबै पक्षलाई संयमित हुन आग्रह गर्छौं, पूर्वघोषित तथा अघोषित सबै मागहरुबारे हामी छलफल गर्न तयार छौं,’ उनले भने, ‘वार्ताबाट नै समस्याको समाधान गर्न सकिनेमा सरकार विश्वस्त छ ।’

आन्दोलनले समस्या समाधान नगर्ने बरु थप बल्झाउने सम्भावना हुने भन्दै उनले अत्यावश्यकीय सार्वजनिक यातायात सेवालाई कुनै अवरोध नगरी वार्ता गर्न र त्यसमार्फत समस्याहरुको समाधन खोज्न अपील गरेका छन् ।

‘सार्वजनिक सवारीको सेवालाई मर्यादित र व्यवस्थित गर्न सरकार प्रतिवद्ध छ, यातायात मजदुरको हितका विषयमा पनि सरकार छलफल र संवाद गर्न तयार छ’, उनले भने, ‘मागका बारेमा पनि छलफल गर्न सकिन्छ, आन्दोलन छाडेर संवादमा आउन आग्रह गर्छौं ।’

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया