News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

भोलिदेखि उपत्यकामा सार्वजनिक गाडी नचलाउने यातायात व्यवसायीको घोषणा

594
SHARES


काठमाण्डाै । यातायात व्यवसायी र प्रहरीको झडपले काठमाण्डौको नयाँ बसपार्क क्षेत्र आज दिनभरनै तनावग्रस्त रहयो ।

ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले आज साेमवार नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्साएर आन्दोलन गरेका हुन्।

आन्दोलनका कारण बिहानदेखि नै सडकमा स्थानीय रुटका र काठमाण्डौबाट छुट्ने लामो दुरीका गाडी पनि छुट्न ठप्प भएका हुन् । प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा पनि पटक-पटकको प्रयास असफल नै रहयो ।

झडपमा प्रहरीले अशृ ग्यास र लाठीचार्ज गर्दा यातायात मजदुरले भने ढुङ्गा हाने । प्रदर्शनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोस्टसमेत भत्काएका छन् ।

रातिसम्म पनि नयाँ बसपार्क क्षेत्रको अवस्था सामान्य हुन सकिरहेको छैन । प्रदर्शनकारी र प्रहरीको कुटाइ खाने डरले सर्वसाधारण हिँडडुल गर्नसमेत डराइरहेका छन् । एकातिर गाडी नपाउने र अर्कोतिर पैदल हिँड्दासमेत पैदल यातिको गुनासो छ ।

यसैबीच यातायात व्यवसायी तथा मजदुरहरूले भोलि मङ्गलवारदेखि काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया